विराटनगर । बुधबार विराटनगरमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गर्नुभएको छ । । स्वास्थ्य मन्त्री माननीय जयराम यादव, जनस्वास्थ्य प्रयोगशालाको निर्देशक जयबेन्द्र यादव तथा विभिन्न प्रदेशका निर्देशक लगायतको उपस्थितिमा प्रयोगशालाको उद्घाटन गरिएको हो ।
सेभ द चिल्ड्रेन ग्लोबल फण्डको प्राविधिक तथा आर्थिक सहयोगमा स्थापना भएको प्रयोगशाला, प्रदेश १ का लागि एक रेफरल प्रयोगशाला हो । प्रदेशमा सञ्चालित सबै स्वास्थ्य प्रयोगशालाहरूलाई नियमन गर्न प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने उद्देश्यले सो प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरीएको हो । यसले प्रयोगशाला स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने, स्थानीय प्रयोगशालाहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउने, गुणस्तर सुधार गर्ने, मापन गर्ने र तिनीहरूलाई प्रमाणित गर्ने, सर्वसाधारणलाई न्यूनतम लागतमा प्रयोगशाला सेवाहरू उपलब्ध गराउने र चिकित्सा क्षेत्रमा अनुसन्धान र विकास गर्ने जस्ता कार्यहरू गर्दछ ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री राजेन्द्र कुमार राईले , “स्वास्थ्य र शिक्षा मा लगानी गर्नु अत्यावश्यक छ र भविष्यमा आउनुहुने सरकारले यस क्षेत्रमा बजेट विनियोजन गर्नेछ भन्ने विश्वास गर्नुयभो । ” त्यसैगरी स्वास्थ्यमन्त्री जयराम यादवले , “यस प्रयोगशालालाइ उत्तम अनुसन्धान केन्द्रको रुपमा अगाडी बढाउने कार्यका लागि प्रदेश सरकारको तर्फ बाट म प्रतिबद्धता जनाउनुु भयो ।”
“सेभ द चिल्ड्रेनले ग्लोबल फण्ड कार्यक्रम अन्तर्गत एच्।आइ।भी।, क्षयरोग र मलेरीया सम्बन्धी काम गर्छ । नेपालमा हाल बिरामीको मृत्यु हुने मध्येको एक प्रमुख कारण समयमा रोगको पहिचान हुन नसक्नु हो । ग्लोबल फण्डको सहयोगमा स्थापना भएको यस प्रयोगशालाले एच्।आइ।भी।, क्षयरोग र मलेरीयाकाको मात्र नभई सम्पूर्ण रोगहरूको समयमै पहिचान, उपचार र निराकरणमा सहयोग पु¥याउने छ”, सेभ द चिल्ड्रेनका पूर्व फिल्ड कार्यालयका एसोसीएट डाइरेक्टर डा. अजय कान्तले बताउनु भयो ।
स्वास्थ्य मन्त्रालय र प्रदेश जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा सेभ द चिल्ड्रेन ग्लोबल फण्डले रु. १०.५ करोडको वी निर्माण सम्पन्न गरेको सो प्रयोगशालाको भवन निर्माण कार्य २०७७ मंसीरमा सुरु गरीे २०७९ मंसीरमा सम्पन्न गरीएको हो ।