काठमाडौँ । काठमाडौँ क्षेत्र नं.२ को निर्वाचनका अभियानमा रहनु भएका नेकपा ( एकीकृतसमाजवादी ) का स्थायी समिति सदस्य भबिसोर पराजुलीसँग वाम लोकतान्त्रिक गठबन्धनको भावी योजनाबारे गरिएको संक्षिप्त कुराकानी
काठमाडौ क्षेत्र नं. २ मा खटिरहनु भएको छ, मतदाताको कस्तो अपेक्षा पाउनु भयो ?
चुनावका वेला प्रतिवद्धता जाहेर गर्ने, चुनाव जितेर गएपछि नर्फकने मुख्य गुनासो पाएको छु । विकास निर्माण, भौतिक पूर्वाधार, सडक, खानेपानी, शिक्षा स्वास्थ्य सुशासन, रोजगारी नै मतदाताको मुख्य अपेक्षा छन् । मतदाताका अपेक्षा वाम लोकतान्त्रिक गठवन्धनको सरकारले क्रमश पुरा गर्ने प्रतिवद्धता चुनावी अभियानमा जनता सामु गर्दे आएका छौं ।
यो काठमाडौंको २ मा वाम लोकतान्त्रिक गठबन्धनले जित्ने कति चुनौती छन् ?
काठमाडौं क्षेत्र नं. २ मा वाम लोकतान्त्रिक गठबन्धनकोउम्मेदवारहरूले विजय हासिल गर्न त्यति धेरै चुनौती देख्दिन । किनकि पहिलो यो क्षेत्र बामपन्थीको लाल किल्ला हो । दोस्रो, वाम लोकतान्त्रिक गठबन्धनकादलहरुको जनमतका हिसाब गर्दा अहिले पनि हामी नै अगाडि छौं ।
तेस्रो कुरा, राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र समृद्दि यो वाम लोकतान्त्रिक गठबन्धनको मुख्य एजेण्डा भएकोले हामी प्रति जनता उत्साहित मात्र होइन आशावादी छन् । त्यति मात्र होइन, प्रतिनिधि सभा उम्मेदवार ओनसरी घर्ती, २ (१) मा धुव्र केसी र २ (२) मा भरत कुमार फुयाँल जस्ता इमान्दार, प्रभावशाली र आफ्ना एजेण्डा लागू गर्न सक्षम र योग्य उम्मेदवार भएकाले वाम लोकतान्त्रिक गठबन्धनकाउम्मेदवारहरुको विजय सुनिश्चित छ । त्यसकारण यसक्षेत्रमा वाम लोकतान्त्रिक गठबन्धनलाई विजय गराउन खासै चुनौति छैन ।
त्यस क्षेत्रका वाम लोकतान्त्रिक गठबन्धनकाउम्मेदवारहरुको मुख्य एजेन्डा के–के छन् त ?
प्रमुख एजेण्डा राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र समृद्धि हो भने क्षेत्रगत एजेण्डा शिक्षा, स्वास्थ्य, सुशासन, भौतिक पूर्वाधार, सम्पदाको संरक्षण, प्रवर्द्धन, युवा, खेलकुद तथा रोजगार, आत्मनिर्भर अर्थतन्त्र, कृषि तथा पशुपालन, सामाजिक न्याय तथा सुरक्षा र विपद् व्यवस्थापन सम्म हाम्रा एजेन्डा केन्द्रित छन् ।
त्यस वाहेक प्राविधिक र व्यवहारिक सीपयुक्त शिक्षा सरकारी स्कुलमै प्रदान गर्ने, लगानीमैत्री वातावरण बनाउँदै आत्मनिर्भर अर्थतन्त्र बनाउने, जनतालाई सस्तो, भरपर्दो, गुणस्तरीय स्वास्थ्य सेवा दिने, कृषि र पशुपालनमा प्रोत्साहन कार्यक्रम संचालन गर्ने, पारदर्शी, विभेदरहित र भ्रष्ट्राचार मुक्त सेवा सञ्चालन गर्ने एजेन्डा छन् भने सामाजिक न्याय र महिला सुरक्षाका सवाल, व्यवस्थित भौतिक पूर्वाधार, विपद् व्यवस्थापनका लागि चुस्त संयन्त्र निर्माण गर्ने योजना अघि सारेका छौं ।
मौलिक सम्पदाहरूको जगेर्ना, सुन्दर सहर बनाउने, रोजगार, उद्यमशीलता विकास गर्ने र विज्ञहरूको मार्गनिर्देशनमा नीति निर्माण गर्ने हाम्रा गठबन्धनका उम्मेदवारहरु जनता सामु प्रतिवद्धता जाहेर गर्नु भएको छ ।