काभ्रेपलान्चोक । नेकपा ( एकीकृत समाजवादी ) का स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज केदार न्यौपानेले ओलिको कारण भूपि शेरचनको कविता याद आउने गरेको बताउनु भएको छ । काभ्रेमा पार्टीले गरेको एक कार्यक्रममा बोल्दै इन्चार्ज न्यौपानेले केपी ओलिको धुन्धुकारी र षडयन्त्रले देश बर्बाद भएको बताउनु भएको हो ।
देश डुब्ने अवस्थामा थियो ।
यो गठबन्धनले गर्दा एमसिसि र एसपिपि जस्ता राष्ट्रघाती सम्झौता टरेको छ । यो सम्झौता गर्ने व्यक्ति एमालेका नेता प्रदिप ज्ञवाली भएको र उनी परराष्ट्रमन्त्री भएको समयमा ति विषयले प्रवेश पाएको बताउनु भयो ।
स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष सावित्री भुसालले चुनावी गतिविधिलाई प्रभावकारी बनाउन अपिल गर्नु भएको छ । काभ्रेको बनेपामा आयोजित पार्टीको अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै कार्यकर्तालाई निर्वाचन विषेश निर्देशन पनि दिनु भयो।
सभामा बोल्दै भुसालले इमानदार पूर्वक गठबन्धनलाई सहयोग गरी आफ्नो पार्टीमा समानुपातिक मत धेरै ल्याएर पार्टी ठुलो बनाउन आग्रह गर्नु भयो।
नेकपा एकीकृत समाजवादी का नेता तथा किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटाले बनेपाबाट गोकुल बाँस्कोटाको आलोचना गर्नु भएको छ। केपी ओलीले धुलिखेलमा आएर गोकुललाई तुलोमा जोख्न भनी रहँदा कृष्णप्रसाद सापकोटा ,विदुर सापकोटा र शिव बहादुर देउजा जस्ता नेताहरुलाई उपेक्षा गरेकोमा दुख व्यक्त गर्नु भयो ।
नेकपा एकीकृत समाजवादी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिव बहादुर देउजाले जनताको मन मस्तिष्कमा बस्न सक्ने गरि काम गर्ने वातावरण बनाउन अनुरोध गर्नु भएको छ। जताततै नाम कमाएका व्यक्तिहरु भन्दा हामी अगाडि छौ निर्धक्क भएर हिडनुको विकल्प नरहेको देउजाको भनाइ थियो ।
नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य कृष्णप्रसाद सापकोटाले पार्टीको निर्देशन अनुरुप गठबन्धनको पक्षमा लाग्नु पर्ने बताउनु भएको छ । उहाँको भन्नू भयो हामिले समानुपातिक मतलाई प्राथमिकतामा राखेर काम गर्नु पर्छ । यो परीक्षामा हामी उत्तीर्ण हुन सकेनौ भने फेरि प्रतिगमनले टाउको उठाउने छ। त्यसैले मंसिर ४ लाई मध्यनजर गर्दै कदम चाल्नु पर्ने सापकोटाको भनाइ थियो । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य विदुर सापकोटाले युवाहरु गाउँमा गएर चुनावमा भूमिका खेल्न अनुरोध गर्नु भएको छ।
पार्टीका काभ्रे इन्चार्ज तथा केन्द्रीय सदस्य टोक बहादुर वाइवाले गठबन्धन विरुद्ध सामाजिक सञ्जालमा जथाभावी नलेख्न र नबोल्न आग्रह गर्नु भएको छ। विपक्षीको उक्साहटमा केही दिन देखि सामाजिक सञ्जालामा गठबन्धनको विरुद्धमा विभिन्न टिप्पणीहरु आईरहेको छ। त्यसको डटेर प्रतिवाद गर्न पनि आग्रह गर्नु भएको छ।
यस्तै प्रतिनिधि सभा २ का नेपाली काङ्ग्रेसका उम्मेदवार शिव प्रसाद हुमागाँइले भेलामा उपस्थित युवा र वयस्कहरुको मुहारमा मुस्कान आएको देखेर खुशि व्यक्त गर्नु भयो । भेलालाई सम्बोधन गर्दै नेता हुमागाँईले भन्नुभयो २०३५ साल अगाडि म पनि कम्नुष्ट रहेको थिए , मैले ३५ साल पछि मात्र नेविसंघ बाट काङ्ग्रेसको राजनिती सुरु गरेको हुँ। त्यसैले म भित्र कम्न्युष्ट लिगेसि बाँकी रहेको छ ।
कार्यक्रममा नेता हुमागाँइले केपि ओलिको आलोचना गर्दै उनी राजा महेन्द्रको पक्षपोषणमा हुर्केका बादशाहा हुन यिनलाई ठेगान लगाउनुको विकल्प नरहेको बताउनु भएको छ । हुमागाँइले गठबन्धनको तर्फबाट आफुले जित हाँसिल गरेपछि विकास र व्यवहारमा फरक नगर्ने विश्वास व्यक्त गर्नु भयो ।