काठमाडौं । नेकपा एकीकृत समाजवादीका उप-महासचिव डा.विजय पौडेलले गठबन्धनमा सहभागी सबै दलहरु समाजवादको यात्रामा हिँड्नु पर्ने बताउनु भएको छ । संयुक्त बाम लोकतान्त्रिक गठबन्धन काभ्रे - काठमाडौँ सम्पर्क समितिले जडिबुटीमा आयोजना गरेको बृहत् कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै पौडेलले नेपालको संविधानमा समाजवाद उन्मुख हुने बताईए पनि दलहरु समाजवादको यात्रामा हिड्ने नसकेको बताउनु भएको हो ।
आजको समाजवादमा योग्यता अनुसार काम , श्रम अनुसार पारिश्रमिक हुनुपर्ने बताउदै महासचिव पौडेलले कागजमा समाजवाद लेखिएको भरमा अब जनताले पत्याउने छैनन् ।पहिला जे जे भयो त्यस प्रती क्षमा माग्दै शिक्षा , स्वास्थ रोजगार जस्ता विषयमा समाज समाजवाद तिर लम्किएको छ ,छैन भनी सचेत हुन पर्ने भएको छ। नेपाली काङ्ग्रेस र नेकपा माओवादीका कार्यकर्तालाई पनि गाउँ गाउँमा यस्ता जागरण अभियान चलाउन आग्रह गर्नु भएको छ ।
यस्तै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार समिति सदस्य शिव बहादुर देउजाले राजाको सामन्ती शासनबाट पक्ष पोषितको दिमागमा अझै सामन्ती संस्कार बाँकी रहेको बताउनु भयो । अबको गठबन्धनले सामन्तलाई परास्त गर्न पर्ने उहाँको भनाइ थियो । यो गठबन्धनले अबको चुनौतिलाई पार लगाउन सबै राजनैतिक दलले एक अर्को दललाई सहयोग गरेको देउजाको तर्क थियो ।
काभ्रे प्रतिनिधि सभा क्षेत्र २ ले गरेको बृहत् भेला काभ्रेबाट काठमाडौंमा पेशा व्यवसायमा गरेर बसेका मतदाताको लागि लक्षित थियो । उक्त कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार शिव प्रसाद हुमागाँई , प्रदेश सभा उम्मेदवारद्वय नेकपा एसबाट लक्ष्मण लम्साल र नेपाली काङ्ग्रेसका कन्चन चन्द्र वादेले नेकपा एकीकृत समाजवादी आफ्नो उम्मेदवारीको कारण , प्रतिवद्धता र अपिल पनि प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यहरु कृष्णप्रसाद सापकोटा र विदुर सापकोटा , नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य रमा कोइराला पौडेल लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
यस्तै समानुपातिक उम्मेदवारहरु नेकपा एकीकृत समाजवादीबाट हरि गोपाल प्रधानाङ्ग , कल्पना श्रेष्ठ , राम देवि तामाङ , नेपाली काङ्ग्रेसका शान्ता क्षेत्रि , सुर कृष्ण श्रेष्ठ , लक्ष्मी दनुवार नेकपा माओवादी केन्द्रकी रुकु चौलागाईं , मिना तामाङ आदिको उपस्थिति रहेको थियो ।