काठमाडौं । नेकपा ( एकीकृतसमाजवादी ) का अध्यक्ष माधवकुमार नेपालले नेकपा ( एमाले )का अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि बर्बराउँदै हिँडेको टिप्पणी गर्नुभएको छ ।
बिहीबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वका ७५ जना कार्यकर्ताहरुलाई एकीकृत समाजवादीमा पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा स्वागत गदै उहाँले केपी ओलीको सरकार ढालेर आफूले टक्कर दिएपछि अहिले ओली बर्बराउँदै हिँडेको बताउनु भयो ।
केपी ओलीलाई कसैले टक्कर दिन सक्दैन भन्ने सोचिरहेको बेलामा आफूले टक्कर दिएर सरकार ढालिदिएको भन्दै सरकार ढलेपछि अहिले ओली उट्पट्याङ कुरा गरिरहेका भन्दै ओलीका उट्पट्याङ कुरा सँगै झुटा आक्रोश र बदलाभाव पोखिएको बताउनु भयो । अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गर्नुपरेको भन्दै अध्यक्ष नेपालले नेकपा एमालेले अहिलेको निर्वाचनमा पैसाको खोलो बगाइरहेको बताउनु भयो ।
अरुलाई अपमान गरी आफूलाई सर्वश्रेष्ठ ठान्ने प्रवृत्ति, पार्टी, राज्य भन्दा आफूलाई माथि ठान्ने प्रवृत्ति, पहिला पनि तानाशाहीमा यो प्रवृत्ति थियो । त्यही प्रवृत्तिका वाहक ओली बन्न पुगेपछि आफूहरुले कम्युनिष्ट पार्टीलाई पूनएकीकरण गर्नुपरेको बताउनु भयो ।
आफ्नै नेतृत्वको सरकारले सुकुम्वासी समस्यालाई समाधान गर्दै गएको र ६० हजार परिवारलाई जग्गा बाँड्ने काम गरेको , वृद्धभत्ताको सुरुवात गरेको र यो काम नेपालको इतिहासमा नै अहिलेसम्म कसैले नगरेको दाबी समेत गर्नुभयो । अव नेपालमा पर्यटन क्षेत्रको खोजी गरी विकास गर्न आवश्यक रहेको भन्दै देशको आर्थिक स्तरोन्नतिको लागि विद्युत र पर्यटन क्षेत्रको बिस्तार गर्न जरुरी रहेको बताउनु भयो ।
उद्देश्यलक्षमिल्नेहरु क्रमश एकीकृत हुँदै गएको चर्चा गर्दै अध्यक्ष नेपालले नेपाली जनतालाइसवै खाले अन्याय अत्याचारगरीवि र पछौटे पनबाट मुक्त गरी देशको गरीमा उच्च राख्दै राष्ट्रप्रतिको समर्पण भाव जगाउनु वर्तमानको आवश्यकता भएको बताउनु भयो । समाजवाद वाट नै जनताले न्याय समानता र समृद्धजीवन यापन गर्न सकिन्छ भन्नेहरुकै कम्युनिष्ट पार्टीहरु एकता हुने क्रम जारी रहेको उहाँको भनाई थियो । सिद्धान्तमा मात्र नभएर व्यवहारमा नै परिवर्तन र रुपान्तरणअवको कम्युनिष्ट आन्दोलनको आवश्यकता भएको उहाँको भनाई थियो ।
पार्टी पुनर्मिलन कार्यक्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्का सहित काठमाडौं, धादिङ, काभ्रे र रौतहटका ७५ वढी नेता कार्यकर्ताहरु एकीकृत समाजवादीमा समाहित भएका थिए । कार्यक्रममा पार्टीका महासचिव डा. वेदुराम भुसाल , वाग्मती प्रदेश अध्यक्ष सावित्रा भुसाल, अनुसासन आयोगका अध्यक्ष शिववहादुर देउजा सहित नेताहरुको सहभागिता थियो ।