उदयपुर । बाम लोकतान्त्रिक गठबन्धन उदयपुर २ का उम्मेदवारहरूले साझा प्रतिवद्धतापत्र सार्वजनिक गरेकाछन् । उदयपुर २ का बाम लोकतान्त्रिक तर्फका उम्मेदवारहरूले समग्र उदयपुरको विकासका लागि ४१ बुँदे घोषणापत्र मार्फत उदयपुर २ को विकासको खाँका सार्वजनिक गरेका छन् ।
प्रतिवद्धतापत्रमा जिल्लाको समग्र विकास निर्माण सहित शिक्षा स्वास्थ्य रोजगार कृषि पर्यटन उद्योग सहित जनजिविकाका सबालहरू उठान गरिएको छ । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ का गठबन्धनका साझा उम्मेदवारका रुपमा तीन राजनीतिक दलका तर्फबाट संघीय निर्वाचन क्षेत्रमा नेकपा (एकीकृत समाजवादी ) का नेता जगन्नाथ खतिवडा (कलम), उदयपुर २ (१) बाट प्रदेशसभाका लागि नेकपा माओवादी केन्द्रका नेता नारायण बुर्जा मगर ( गोलाकारभित्रको हँसिया हतौडा ) र उदयपुर २ (२) बाट नेपाली कांग्रेसका नेता रामकुमार खत्री ( रुख) चुनाव चिन्ह सहितका नेताहरुले साझा प्रतिवद्धता जाहेर गरेका हुन् ।
जारी गरिएको प्रतिवद्धतापत्रमा आगामी मंसिर ४ गते नेपाली जनतालाई आगामी ५ वर्षका लागि मतदानको शक्तिद्वारा देशको भविष्य निर्धारण गर्ने अवसर आइरहेको भन्दै हाम्रो संविधानले आवधिक निर्वाचनद्वारा जनमतको परीक्षण राजनीतिक दलले विगत ५ वर्षमा गरेका कामहरुको मूल्याङ्कन गर्ने र जनता एवं देशको भविष्यको बाटो तय गर्ने व्यवस्था गरेको भनिएको छ ।
यसकारण हामी पाँच वर्षमा एक पटक आउने यो सर्वाधिक महत्वपूर्ण दिनमा राजनीतिक दलहरुलाई जिम्मेवारी दिने र राष्ट्रले प्रदान गरेको जिम्मेवारीलाई पूरा गर्न गइरहेका छौँ भनिएको छ । शासन व्यवस्था प्राप्तीका लागि काँग्रेस र कम्युनिष्ट तथा नागरिक समाज, एक ठाउँ उभिएर सामन्ती व्यवस्था विरुद्ध लडेको इतिहास साक्षी रहेको बताउँदै यी सबै राजनीतिक परिवर्तनहरू उल्ट्याउने प्रस्ताव गर्दै राजनीतिक बहस गर्ने केही शक्तिहरू सङ्गठित ढंगले गणतन्त्र, समावेशिता र समानुपातिक व्यवस्थामा आधारित संघीयता खारेज गर्न लागि परेको उल्लेख गरेका छन् ।
प्रतिवद्धता पत्रमा यस्ता अलोकतान्त्रिक, प्रतिगमनकारी कार्यका विरुद्धमा राजनीतिक दलहरुको अग्रगमनकारी मोर्चा बनाई संविधान र संसदको रक्षा गर्न सफलता प्राप्त गर्न सक्यौँ र जसले दलहरुलाई अझ बढी एकताबद्ध भई सहकार्य गर्न प्रेरित गरेको छ । यी घटनाक्रमहरुले जनताको मनोविज्ञान परिवर्तन गरिदिएको छ । बहुमतको बलले मात्र राजनीतिक स्थायित्व आउँदैन रहेछ । लोकतान्त्रिक व्यवहारसहितको सहकार्य, कानुनको पालना एवं राजनीतिक संयम अपनाइएन भने संसद्को बहुमत पनि ढल्दो रहेछ भन्ने पुष्टि गरेको छ ।
त्यसैले अबको ५ वर्ष सहकार्य र गठबन्धनद्वारा साझा सहमतिको सरकार सञ्चालन गरी अगाडी बढ्ने राष्ट्रिय प्रतिबद्धता सहित देशको राजनीति अगाडी बढेको छ । हामी यसैको पालना गर्न प्रतिबद्ध छौँ भनिएको छ । प्रतिवद्धतापत्रमा राजनीतिक स्थिरता लोकतन्त्र र संविधानको रक्षा एवम् देशलाई समृद्ध बनाइ सहज जनजीवनको लक्ष्य लिई राजनीतिक परिवर्तनलाई संरक्षण गर्न अग्रसर बाम लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक मतले विजयी गराईदिनुहुन हार्दिक अपील गर्दछौं ।’ प्रतिवद्धता पत्रमा उल्लेख छ ।
प्रतिवद्धता पत्र
आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइह ,
२०७९ मंसिर ४ गते नेपाली जनतालाई आगामी ५ वर्षका लागि मतदानको शक्तिद्वारा देशको भविष्य निर्धारण गर्ने अवसर आइरहेको छ । हाम्रो संविधानले आवधिक निर्वाचनद्वारा जनमतको परीक्षण गर्ने,राजनीतिक दलले विगत ५ वर्षमा गरेका कामह?को मूल्याब्कन गर्ने र जनता एवं देशको भविष्यको बाटो तय गर्ने व्यवस्था गरेको छ । यसकारण हामी पाँच वर्षमा एक पटक आउने यो सर्वाधिक महत्वपूर्ण दिनमा राजनीतिक दलहरुलाई जिम्मेवारी दिने र राष्ट्रले प्रदान गरेको जिम्मेवारीलाई पूरा गर्न गइरहेका छौँ ।
यो निर्वाचनमा हामी पाँच राजनीतिक दल (नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपाल) चुनावी गठबन्धनगर्दै आम जनताको सामु उपस्थित भएका छौँ । देशको राजनीतिक स्थायित्व, भौतिक तथा मानवीय
विकास, सुशासन, राष्ट्रिय सुरक्षा, गठबन्धनको सरकार संचालन गर्ने प्रतिबद्धताका साथ घरदैलोमा आएका छौँ । देशभरि नै हामीले गठबन्धनद्वारा निर्वाचनमा जाने निर्णय गरिसकेका छौँ । आगामी ५ वर्ष नागरिकको सेवा, विकास र समृद्धिका लागि हाम्रो हातमा जिम्मेवारी प्रदान गर्न अनुरोध गर्दछौँ । उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा पनि सोही गठबन्धनका साझा उम्मेदवारका रुपमा तीन राजनीतिक दलका तर्फबाट हामीहरुलाई उम्मेदवार बनाइएको छ । संघीय निर्वाचन क्षेत्रमा नेता जगन्नाथ खतिवडा (कलम), उदयपुर २ (१) बाट प्रदेशसभाका लागि नेकपा माओवादी केन्द्रका नेता नारायण बुर्जा मगर (गोलाकारभित्रको हँसिया हतौडा) र उदयपुर २ (२) बाट नेपाली काँग्रेसका नेता रामकुमार खत्री (ख) लाई अगाडी सारेका छौँ र गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आव्हान गर्दछौँ । हाम्रो देशको विगत ५ वर्षको राजनैतिक अवस्था निकै उथलपुथलपूर्ण रर्याे । अस्थिर र प्रतिगमनकारी गतिविधिले शान्ति र विकासलाई संकटमा धकेल्यो । दुई–दुईपटक संसद विघटनको कुप्रयास भयो । संविधानलाई मिचेर देशलाई राजनीतिक शून्यता सिर्जना गरी संकटग्रस्त बनाउने र सर्वसत्तावादी शासन चलाउने हर्कतहरु भए । संसदमा भएको बहुमतको शक्तिमा मुलुकको सुदिन आउने जनताको सपनालाई चकनाचुर पारियो र अस्थिरता बढाइयो । यस्ता अलोकतान्त्रिक, प्रतिगमनकारी कार्यका विरुद्धमा राजनीतिक दलहरुको अग्रगमनकारी मोर्चा बनाई संविधान र संसदको रक्षा गर्न सफलता प्राप्त गर्न सक्यौँ र जसले दलहरुलाई अझ बढी एकताबद्ध भई सहकार्य गर्न प्रेरित गरेको छ । यी घटनाक्रमहरुले जनताको मनोविज्ञान परिवर्तन गरिदिएको छ । बहुमतको बलले मात्र राजनीतिक स्थायीत्व आउँदैन रहेछ । लोकतान्त्रिक व्यवहारसहितको सहकार्य, कानुनको पालना एवं राजनीतिक संयम अपनाइएन भने संसदको बहुमत पनि ढल्दो रहेछ भन्ने पुष्टि गरेको छ । त्यसैले अबको ५ वर्ष सहकार्य र गठबन्धनद्वारा साझा सहमतिको सरकार सञ्चालन गरी अगाडी बढ्ने राष्ट्रिय प्रतिबद्धता सहित देशको राजनीति अगाडी बढेको छ । हामी यसैको पालना गर्न प्रतिबद्ध छौँ ।
आदरणीय मतदाता महानुभावहरु,
हामी गठबन्धनका उम्मेदवारहरु जिल्लाका विकासको लागि ५ वर्षसम्म सहकार्य गर्न प्रतिबद्ध छौँ ।
गठबन्धनको साझा भावनालाई कदर गर्दै आफूलाई विजयी बनाउने जनताको सेवालाई उच्च प्राथमिकता दिएर साझा योजना बनाई काम गर्ने अठोटमा छौँ । हामी हाम्रो उम्मेदवार र हाम्रो राजनीतिक दललाई विश्वास र भरोसा गर्नुहोस्, हामी प्रतिफल दिनेछौँ । यही सहकार्य र एकताको भावनालाई प्रतिनिधित्व गर्न हामी संघीय तथा प्रदेश सांसदका उम्मेदवारहरु संयुक्त प्रतिबद्धता–पत्र तयार गरी यहाँहरुको माझमा आएका छौँ । कृपया प्रतिनिधिसभाका सदस्यको उम्मेदवारलाई (कलम) चिन्हमा, उदयपुर २ (१) प्रदेशसभा सदस्यको उम्मेदवारलाई (गोलाकार भित्रको हँसिया हतौडा) चिन्हमा र उदयपुर २ (२) प्रदेशसभाका सदस्यको उम्मेदवारलाई (रुख) चिन्हमा मतदान गरी विजयी बनाउन र पाँच वर्ष सेवा गर्ने अवसर प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।
हाम्रा उम्मेदवारहरुका प्रतिबद्धता यस प्रकार छन् ः
१. प्रदेश र संघीय संसदमा जनपक्षीय कानुन बनाउने, आफ्नो क्षेत्रमा अधिकतम बजेट पार्न तथा देश र जनताको समग्र हितमा आफूलाई उभ्याउने ।
२. स्थानीय सरकारले गर्न नसक्ने विकासका कार्य गर्नका लागि प्रदेश र केन्द्रीय योजना ल्याउन स्थानीय सरकारसँग मिलेर सहकार्य गर्ने ।
३. प्रत्येक पालिकाको विकास र समृद्धिको गु?योजनाको आधारमा योजनाबद्ध विकासलाई प्राथमिकता दिई तीनै तहको सरकार र जनतासँग सहकार्य गर्ने ।
४. गुणस्तरीय शिक्षा र स्वास्थ्यको सर्वसुलभ व्यवस्था गर्न नीति, कानुन र कार्यान्वयनमा जोड दिई आफ्नो क्षेत्रमा कार्यक्रम ल्याउने ।
५. युवा रोजगार तथा स्वरोजगारका कार्यक्रम ल्याउने ।
६. खेलकुद, कला, साहित्य, संस्कृति तथा अन्य बौद्धिक प्रतियोगिताद्वारा सक्षम जनशक्ति विकास गर्न युवालाई पे्ररित गर्ने कार्यक्रम ल्याउने ।
७. मिर्चैया–कटारी–घुर्मी सडक, कटारी–बाहुनीटार–ज?वा हुदैँ रुन्चे भञ्ज्याङ्ग, रिस्कू–देउलीकुना–कुर्कुनटार–उदयपुरगढी, नेपालटार–उदयपुरगढी–ढुंग्रे–माझखर्क, कटारी–बसेरी–मयंखु, नुनथला–रुपाटार– ठानागाउँ–बासबोटे सडक र यस्तै प्रकारका लामो दुरीका महत्वपूर्ण सडकलाई पक्की बनाउने ।
८. विकासका दृष्टिले निकै पछाडी परेको उत्तरी सीमानाका बासिन्दाको जीवनमा ठूलो परिवर्तन ल्याउने योजनाका साथ सु?वात गरिएको घुर्मी–चतरा सडक (सुनकोशी कोरिडोर) ५ वर्षभित्र सम्पन्न गर्ने ।
९. प्रत्येक पालिकाका वडाहरु जोड्ने मुख्य सडकलाई कम्तिमा १२ महिना नै चल्न सक्नेगरी स्थायी बनाउने र ग्रामीण कृषि सडकलाई बाह्रै महिना यातायात सञ्चालन गर्नसक्ने गरि मर्मतसम्भार गर्ने ।
१०. तिम्नाई–महेन्द्र राजमार्ग, सिस्नेरी–बन्दीपुर, भोर्ले–सर्रे (सिराहा), बगपति–मड्यान (सिराहा), नेपालटार–काभ्रेपानी–लाहान (सिराहा), नेपालटार–सान्दाने–काभ्रेपानी–तरेगाना (सिराहा), नेपालटार– धप्पर–बर्दमार सडकको निर्माण गर्ने ।
११. रौतामाईको निकासबाट सल्ले हुँदै कोशी जोड्ने सडक, निकासबाट आँपटार हुँदै कोशी जोड्ने सडक, पुवाँरे भन्ज्याङ्ग–भुट्टार–ओख्रेनी हुँदै चौकी भन्ज्याङ्ग जोड्ने सडक, तीनचोके–लाफागाँउ–कुर्लेटार सडक, जाँते–बुईखाभन्ज्याङ्ग–बलम्ता–ताँम्लीछा–बाँसबोटे सडक मर्मत तथा स्तरीकरण गर्ने ।
१२. मुर्कुची–माँझखर्क–हलेसी (खोटाङ्ग) जोड्ने सगरमाथा सडक निर्माण गर्ने । मधेश प्रदेश हुँदै कोल्टे–मैनाटार–चु?म्फा–लिम्चुबबुब सडक निर्माण गर्ने ।
१३. निर्माणाधीन सडकलाई पूर्ण गर्ने, अस्थायी सडकलाई स्थायी बनाउने र स्थानीय तहले प्राथमिकता निर्धारण गरेका आधारमा गु?योजना बनाई पूरा गर्दै जाने ।
१४. कटारी नगरपालिका वडा नं १ (बेलसोत) को टाउन प्लानिब गरी व्यवस्थित आधुनिक बजारको ?पमा विकास गर्ने ।
१५. कटारी–तित्रीबोट जोड्ने म?वाखोलामा, सोमबारे–रिस्कू जोड्ने वैद्यनाथ खोलामा, जलजले–सुघारे जोड्ने वैद्यनाथ खोलामा, अँधेरीखोला हाडेबासमा, पुवाँरे–भुट्टार जोड्ने रसुवाखोलामा, सोरुबखोला, राकुला, छापाब, लेखगाउँ–कटहरे जोड्ने यारीखोला तथा सुनकोशी नदीको गोडेलीघाटमा र सोरुब–
डिकुवा जोड्ने पक्की पुल उच्च प्राथमिकताका साथ निर्माण गर्ने । यसैगरी, निर्वाचन क्षेत्रका सबै खोलामा जनताको र विद्यालयका बालबालिकाह?को आवतजावतको समस्यालाई मध्यनजर गरी काठे पुल,झोलुङ्गे पुल, पक्की पुल, कल्भर्ट तथा कज–वेह?को निर्माण गर्ने ।
१६. स्वास्थ्य भवन, विद्यालय भवन, वडा कार्यालय, प्रहरी कार्यालय, सामुदायिक भवन, खेल मैदान, र कभर्डहलह? निर्माण गर्ने योजना बनाई काम गर्ने, साथै नेपालटार बजार र मुर्कुची बजारमा कभर्डहल बनाउन विशेष प्राथमिकता दिने ।
१७. कटारी अस्पताललाई प्रादेशिक अस्पतालमा विकास गरी १०० बेडको बनाउने ।
१८. तावा, वैद्यनाथ, बहादुरा, राकुला, रसुवा, छाताब, यारी, सुनकोशी, सोरुब, पौवा, कमला, बलान खोला जस्ता ठूला खोला तथा नदीहरुमा पुल निर्माण गुरुयोजना बनाई क्रमशः समन्वय गर्दै जाने ।
१९. कटारी नगरका वडा नं २,३,४,५ लाई आधुनिक शहरको ?पमा विकास गर्न गु?योजना बनाई योजनाबद्ध कार्य गर्ने ।
२०. निर्वाचन क्षेत्र नं. २ का पालिकाका मुख्य व्यापारिक तथा पर्यटकीय केन्द्रलाई व्यवस्थित बजारका रुपमा विकास गर्ने ।
२१. कटारी नगर, नेपालटार बजार, मुर्कुची बजार तथा विकास हुँदै गरेका अन्य बजारह?को ढल निकास तथा फोहोर मैला व्यवस्थापन गर्ने परियोजना ल्याउने ।
२२. जिल्लाका सबै पालिकामा पुग्न बाँकी रहेको विद्युतलाई जिल्लाभरि नै विस्तार गरी जनताका घरघरमा बिजुली बत्ती पु¥याउने ।
२३. खानेपानीको चलिरहेको योजनालाई पुरा गर्ने र खानेपानीको योजना नभएका पालिकामा खानेपानी योजना निर्माण गर्नुका साथै लिफ्ट खानेपानी योजनाको निर्माण गर्ने ।
२४. चुरे, महाभारतजस्ता पर्वतीय क्षेत्रको संरक्षण गरी पर्यावरणीय सन्तुलन र वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गर्ने ।
२५. चलिरहेको सिँचाई योजनालाई पूरा गर्न र सिँचाई नभएको ठाउँमा सिँचाई तथा लिफ्ट सिँचाई योजना निर्माण गर्ने ।
२६. नदी तथा पहिरो नियन्त्रण गरी जग्गा जमिन कटानबाट जनतालाई बचाउन बाढी, डुबान र कटानले समस्याग्रस्त बनाएका सुनकोसी, कमला, बलान, तावा, बैद्यनाथ, कक?, रसुवा, यारी, छांैडिया जस्ता खोला तथा नदीह?को नियन्त्रण गर्न बजेटको व्यवस्था गर्ने ।
२७. पर्यटन प्रबद्र्धन र विकास गर्न रौता पोखरी, ताप्ली पोखरी, बेतेनी, माझखर्क, उदयपुरगढी लगायतका क्षेत्रमा पूर्वाधार विकास गर्ने र लिम्चुबबुबमा निर्माणधीन एभरेष्ट भ्यु टावरको निर्माण सम्पन्न गर्ने ।
२८. यस क्षेत्रका कुन–कुन पालिकामा के–के उत्पादन भईरहेका छन् र कुन–कुन उत्पादनलाई विशेष जोड दिई पकेट तथा जोन क्षेत्र बनाई लगानी गर्न सकिन्छ भन्ने सम्भावनाको प्राविधिक नक्साब्कन
गरी लगानी केन्द्रीकृत गर्ने र उत्पादन, रोजगारी तथा आयआर्जनमा टेवा पु¥याउने ।
२९. यस क्षेत्रका विभिन्न ठाउँमा स्थापना भएका र भविष्यमा स्थापना हुन सक्ने खानी, उद्योग तथा विभिन्न संरचनाबाट हुन सक्ने प्रदूषण नियन्त्रण गर्न स्थानीय सरकारसँग समन्वय गरी कार्य गर्ने ।
३०. परेवा झरना, काभ्रेपानी, उदयपुरगढी, रौता पोखरी, ताप्ली पोखरी, एभरेष्ट भ्युटावरजस्ता पर्यटकीय क्षेत्रमा पर्यटकीय सडकको निर्माण गर्ने गरी बजेटको व्यवस्था गर्ने ।
३१. महाभारत पर्वतश्रृबखलामा रहेको रौतामाई पोखरी र यसको आसपासको क्षेत्रको जलाधार संरक्षण गर्ने, पर्यटकीय विकासका लागि एक विकास समिति बनाई स्वायत्त ढंगले काम गर्ने र रौतामाईको मन्दिर एवम् अन्य पूर्वाधारको निर्माण गर्ने । यस क्षेत्रलाई विकास गर्दै विशेष पर्यटकीय क्षेत्र घोषणा गरी संरक्षण र प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने ।
३२. वैज्ञानिक तथा व्यवसायिक कृषि तथा पशुपालनलाई प्रोत्साहन गरी बेरोजगारी समस्याको समाधान गर्ने ।
३३. कृषि बीमाको कार्यक्रम लागु गर्ने, साना तथा घरेलु उद्योगह? स्थापना गर्ने वातावरण सिर्जना गरी आयआर्जनको अवसर प्रदान गर्ने ।
३४. वैज्ञानिक र रोजगारमूलक शिक्षा प्रणाली लागु गर्नका लागि विशेष जोड दिने ।
३५. प्राविधिक शिक्षामा बढी जोड दिने र दक्ष जनशक्ति उत्पादन गर्ने ।
३६. कटारीमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई व्यवस्थित गर्ने । त्यसैगरि उदयश्री बहुमुखी क्याम्पसलाई स्तरोन्नती गरी व्यवस्थित गर्ने ।
३७. एक पालिका एक अस्पतालको व्यवस्था गर्ने र भएका स्वास्थ्य संस्थाह?लाई सुविधायुक्त बनाउने ।
३८. ज्येष्ठ नागरिकको लागि उपचारमा सहुलियतको व्यवस्था मिलाउने र स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने ।
३९. यो मुलुक बहुजाति, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक भएकोले सबै जाति, भाषा, धर्म, सँस्कृतिको संरक्षण तथा संवद्र्धन र विकासमा सहयोग गर्ने ।
४०. मयंखु–बेतिनी–लिम्पाटार–माझखर्क सडक र बेतिनी–सोरु बछबिसे–रुपाटार सडक निर्माण गर्ने ।
४१. धार्मिक तथा जातीय संस्कार, परम्परा र विश्वासअनुसारका देवस्थल तथा घाटको व्यवस्था गर्ने ।
यस निर्वाचन क्षेत्र नं. २ को विकासको लागि तीनै तहको आपसी समन्वय सहयोग र सहकार्य अति जरुरी हुने हुँदा हामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि गठबन्धनका उम्मेदवारहरु यही भावनाका साथ काम गर्न प्रतिबद्ध छौं । निर्वाचन क्षेत्र नं.२ भित्रका सबै योजनाह? हाम्रा लागि उत्तिकै महत्वपूर्ण हुनेछन् । स्थानीय तहले गरेको प्राथमिकता निर्धारणलाई आधार बनाई सहकार्य गरिने छ । माथि उल्लेखित गरिएका हाम्रा प्रतिबद्धता पूरा गर्न जनताको मतदानद्वारा प्राप्त हुने ऊर्जाले मात्रै हाम्रा प्रतिबद्धता पूरा गर्ने इच्छाशक्तिलाई झन् सशक्त बनाईदिने छ । हाम्रा साझा संकल्पह? पाँच वर्षसम्म मिलेर नै पूरा गर्ने छौँ । जनताका साना या ठूला समस्या समाधान गर्न हामी सधैँ प्रयत्नशील रहने छौँ । स्थानीय सरकारसँगको व्यापक परामर्श र सहकार्यमा हाम्रा कामहरु अगाडी बढाउने छौँ । यहाँको जनमतले राजनीतिक दलह?को एकतालाई बल प्रदान गर्ने छ र स्थायी सरकार दिने छ । तसर्थ, गठबन्धनमा मतदान गर्नु देशलाई असल बाटोमा हिँडाउन योगदान गर्नु हो । कृपया हामीलाई मतदान गरी सेवा गर्ने अवसर प्रदान गरिदिनुहोस् ।
धन्यवाद ।
जगन्नाथ खतिवडा
प्रतिनिधिसभा सदस्य
पदका उम्मेदवार
उदयपुर-२
चुनाव चिन्ह कलम
नारायण बुर्जा मगर
प्रदेशसभा सदस्य पदका
उम्मेदवार
उदयपुर-२ (१)
चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौंडा
रामकुमार खत्री
प्रदेशसभा सदस्य पदका
उम्मेदवार
उदयपुर-२ (२)