काभ्रेपलान्चोक । नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेश सभा उम्मेदवार लक्ष्मण लम्साल आसन्न मंसिर ४ को निर्वाचनका लागि मत माग्न जनताको घर घरमा पुगिरहनु भएको छ। साथै चुनावी प्रचार प्रसारले तिव्रता पाएको छ ।
उहाँ आफ्नो निर्वाचन क्षेत्र प्रतिनिधी सभा काभ्रे २ (१) मा मतदातासंग भेला , छलफल र अन्तरक्रियामा व्यस्त हुनुहुन्छ ।नेता लम्सालले गएको ५ वर्षमा आफुले गरेका विकास निर्माणकार्यको विषयमा जनतालाई बुझाई रहनु भएको छ।
तिनवटा नगरपालिका र १ गाउँपालिका रहेको निर्वाचन क्षेत्रमा ३६ वडा छन । जसमध्ये भुम्लुका १० वडा , पाँचखाल नगरपालिकाको १३ वडा , धुलिखेल ६ र मण्डनदेउपुर ७ बटा वडा पर्दछन । भुम्लुबाट अभियान सुरु गर्नु भएका लम्सालले दिर्धकालिन विकास निर्माणको काम गरेर जनता माझ चर्चा बटुल्नु भएको छ।
२०७४ को निर्वाचनमा बाम गठबन्धनबाट उम्मेदवार हुनुभएका लम्सालको साथमा ७४ सालमा नेपाली काङ्ग्रेसबाट उनैका प्रतिस्पर्धि सुन्दर मणि आचार्य हुनुहुन्छ । साथै माओवादी केन्द्रको पनि पहिलाको भन्दा राम्रो सहयोग रहेको छ।
किनभने उहाँले पाँच वर्षमा माओवादी केन्द्र काभ्रेलाई गुन तिरिसक्नु भएको छ। माओवादी केन्द्र काभ्रेमा लम्साललाई नराम्रो भन्ने र चित्त दुखाउने कोहि छैनन् ।
नेता लम्साललाई प्रतिनिधि सभा काभ्रे काङ्ग्रेसका प्रभाबशालि नेता शिव प्रसाद हुमागाईको पुर्ण साथ र समर्थन छ । हुमागाई बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन । उनी जुन ठाउमा पुग्दा पनि कलमलाई भोट हाल्न कार्यकर्तालाई अपिल गरिरहेका छन ।
उम्मेदवार लम्सालले भुम्लुका भेग बस्तिहरुमा समान रुपले विकासलाई विकेन्द्रीकरण गर्नु भएको छ। उहाँको पहल कदमिमा दोलालघाट सापिङ - सिम्थलिबाटो पिच भइरहेको छ । यो बाटो वर्षै अधिदेखि सुरु भए पनि निरन्तरता पाएको थिएन । प्रदेश सरकारको योजनामा दोलालघाट चौवास सडक पिच हुदै छ । अन्य पालिकामा पनि सालबसालि , आबधिक र बहुबर्षिय योजनाहरुले निरन्तरता पाईरहेका छन।
नेता लम्सालको पहलमा थुप्रै काम सम्पन्न भएको छ। प्रदेश सरकारको सहयोगमा विद्यालय , प्रहरी चौकि , स्वास्थ चौकि बनेका छन । विद्यालयमा घेराबारा , इन्टरनेट , लगायत अन्य कार्यमा बजेट आएको छ। कतिपय स्थानीय तहमा खानेपानीको मेघा प्रोजेक्ट सम्पन्न भएका छन।