बारा । नेकपा एमालेका जीतपुर सिमरा उपमहानगरपालिका कमिटीका उपाध्यक्ष सहित सयौँ जना नेता-कार्यकर्ता नेकपा ( एकीकृतसमाजवादी ) मा प्रवेश गरेका छन् ।
शनिबार जीतपुर सिमरा उपमहानगरपालिका ७ जितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जीतपुर सिमरा उपमहानगरपालिका कमिटीका उपाध्यक्ष बिरेन्द्र गिरि सहित २ सय ६० भन्दा बढि एमालेका नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्।
सत्ता गठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण कुमार श्रेष्ठ ( किशान )ले टिका र खादा लगाएर पार्टीमा प्रवेश गराउनु भएको हो । नेकपा एकीकृत समाजदीमा एमाले परित्याग गरेर उपाध्यक्ष गिरि सहित कपुर राज पुरी, मिरा पुरी, बिष्णु अधिकारी, मोजाहिरअंसारी,कबिता देवी चौधरी, कृष्ण प्रसाद गुप्ता लगायत छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रेष्ठले नेकपा एमाले विकास विरोधी पार्टी भएको एमालेबाट देश विकास नहुने भन्दै देशको बिकासको लागि पाँच दलिय गठबन्धनका उम्मेदवारहरु बिजयी हुनु पर्ने बताउनु भयो । नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी प्रवेश गर्नुभएका बिरेन्द्र गिरिले एमालेमा अराजकता र अनुशासन हीनता बढेकोले आफूले एमाले छाड्नु परेको बताउनु भयो।
यस्तै शनिबार प्रसौनी गाउँपालिका १ नकटुवामा पनि नेकपा एमाले र जसपा पार्टी परित्याग गरेर सयौ जना पाँच दलीय गठबन्धनमा प्रवेश गरेका छन्। नव प्रवेशीहरूलाई गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार श्रेष्ठ र प्रदेश सभाका उम्मेदवार लोसपा नेता जितेन्द्र सोनलले टिका र माला लगाएर स्वागत गर्नुभयो।
त्यसै गरि परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर विर्ताका नेकपा एमालेका नेता कन्हाई राउत कुर्मी लोसपामा प्रवेश गरेका छन।
पूर्व वडा सदस्य समेत रहेका कुर्मीलाई लोसपाका मधेश प्रदेश अध्यक्ष एंव पूर्व मन्त्री जितेन्द्र सोनलले कुर्मीलाई टिका र माला लगाएर पार्टी प्रवेश गराएका हुन्। निर्वाचन क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका उम्मेदवार बनेका नेता श्रेष्ठले क्षेत्रकै मतदाताहरुले गठबन्धनलाई रुचाएकोले एमाले र जसपा परित्याग गरेर गठबन्धनमा प्रवेश गर्ने लहर नै चलेको बताउनु भयो ।