धनकुटा । नेकपा ( एकीकृतसमाजवादी ) का युवा नेता अर्जुनकुमार राई धनकुटाको प्रदेशसभा १ मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् । राई जिल्लामा ऊर्जावान् र निक्कै सक्रिय युवाको रुपमा चिनिन्छन् ।
धनकुटा नगरपालिका वडा नं. १ हिलेमा जन्मिएका युवा नेता राईले २०४९ मा नेकपा एमालेको सदस्यता लिएका थिए भने २०५१ सालमा त तत्कालीन नेकपा एमालेको पार्टी सदस्यता नै पाएका थिए । एमालेमा रहँदा सचिवालय सदस्य सम्म भएका राईले एमालेमा माधवकुमार नेपाल लगायतका नेताहरुले विद्रोह गरेर नेकपा ( एकीकृतसमाजवादी ) गठन गर्दा धनकुटा जिल्लाको अध्यक्षको जिम्मेवारी पाउनु भयो ।
रमक चेम्जोङ शान्ति तथा पुनर्निर्माण मन्त्री हुँदा स्वकीय सचिव भएर काम गर्नुभएका राई । त्यो बेला चेम्जोङको कार्यकाल सफल बनाउन उनले ठूलै मात्र भूमिका निर्वाह गरेनन् जिल्लामा विद्यालय भवन, स्वास्थ्य चौकी, गाविस भवन, प्रहरी चौकी लगायतका संरचना निर्माणमा निकै योगदान गरेका थिए ।
नेकपा एमाले निकट धनकुटा-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष समेत हुँदै राजनीतिमा उदाएका राई अहिले तिनै राजनीतिक गुरु चेम्जोङ सँग प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धी छन् ।
२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा चेम्जोङले पाएको मत र बैशाखमा सम्पन्न स्थानीय तहमा चेम्जोङ आवद्ध जनता समाजवादी पार्टीले पाएको मतलाई मात्रै आधार मान्ने हो भने राई र चेम्जोङबीच कुनै प्रतिष्पर्धा नै नहुने देखिन्छ । किनभने नेकपा एकीकृत समाजवादीका धनकुटा अध्यक्षसमेत रहेका राई लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेदवार हुन् । तर चेम्जोङलाईजसपाको मात्रै साथ मिल्नेछ । जसपाको मतले चेम्जोङलाई जित दिलाउन असम्भव जस्तै छ ।
लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार बनेका राईको मुख्य प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला सचिव निरन राईसँग हुने देखिन्छ । तर, एमालेका राई यसअघि पनि प्रदेश सभा सदस्य हुँदा प्रदेश नामांकरण गर्न नसकेको र जिल्लामा सिन्को भाँच्न नसकेको भन्दै आलोचित छन् ।
युवा नेताको छवि बनाएका अर्जुन राईको दाबी अस्वभाविक छैन । किनकी राई जुधारु युवा मात्रै होइनन्, धनकुटाका लागि बौद्धिक नेता पनि हुन् । उनलाई पुराना र नयाँ पुस्ताको नेताहरुलेअध्ययनशील नेताको रुपमा चिन्छन् ।
‘राजनीति केवल पद प्राप्तिको निम्ति मात्र होईन, समाजमा केहि नविनतम् प्रयोग र सफलताको लागि हो । तर विगतमा यसलाई दुरुपयोग मात्र गरियो’, राई भन्छन्, ‘हरेक पाँच वर्षमा जनताको माग र आवश्यकता परिवर्तन हुनै पर्दछ । तर, विगत ३१ वर्षदेखि पनि हाम्रा माग र आवश्यकताहरु उस्तै भए । त्यसलाई मैले चिर्न सक्षम छु ।’
उनी लोकतान्त्रिक वाम गठबन्धनभित्रका कान्छा र लोकप्रिय युवा नेता त हुन् नै, नेकपा एमालेबाट पटकपटक विजयी भएर पनि जिल्लामा केही गर्न नसक्ने नेताहरुको तुलनामा सयौं गुणा सक्षम र योग्य नेता पनि हुन् । उनले आफुले अहिले युवा, महिला, दलित, आदीवासी र पिछडिएका धनकुटेलीको समस्या बुझेको र ती सबै समस्या पूरा गर्न लामो समयदेखि लागेका कारण आफ्नो जित सुनिश्चित रहेको बताउँछन् ।