काठमाडौं । नेकपा (एकीकृत समाजवादी ) ले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको घोषणापत्रमा १५ बटा नारालाई प्राथमिकता दिएको छ ।
एकीकृत समाजवादीले सोमबार सार्वजनिक गरेको घोषणपत्रमा १५ वटा मुख्य नारा सार्बजनिक गरेको छ ।
यी हुन् समाजावदीका १५ नारा
(१) यात्रा समृद्धिको, लक्ष्य समाजवादको !
(२) जनताको अधिकार, आधारभूत स्वास्थ्य, शिक्षा र आहार !
(३) आर्थिक–सामाजिक रूपान्तरण र समृद्धि, समाजवादको आधार !
(४) स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार, आर्थिक समृद्धिका लागि भौतिक
पूर्वाधार !
(५) हरियाली गाउँनगर, वातावरणमैत्री सहर !
(४) शान्ति, लोकतन्त्र, स्वाधीनता र स्वाभिमान, सुखी जनता, समृद्ध नेपाल– हाम्रो
अभियान !
(५) स्वच्छ निर्वाचन-लोकतन्त्रको आधार, सवल र समृद्ध राष्ट्र निर्माणको आधार !
(६) आफ्नो गाउँ, आफै बनाऔं, आफ्नो ठाउँ आत्मनिर्भर बनाऔँ !
(९) जनताको अधिकार, भ्रष्टाचारमुक्त बलियो सरकार !
(१०) हाम्रा युवा स्वदेशमै, राष्ट्र निर्माणमा सँगसँगै !
(११) खानी, कृषि, पशु र वन, उद्योग, पर्यटन हाम्रा धन !
(१२) एक गाउँ एक सहकारी, एक घर एक रोजगारी !
(१३) विज्ञान, प्रविधि र आविष्कार, आर्थिक–सामाजिक परिवर्तनको आधार !
(१४) हाम्रो चुनाव चिन्ह कलम, सबैले भोट यसैमा हालम !
(१५) हाम्रो चुनाव चिन्ह कलम, सबैलाई हाम्रो लाल सलाम !