विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनको उद्देश्य असल शासनको नमुना पेश गर्ने रहेको बताउनु भएको छ ।
विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले चुनावमा जसरी पनि जीत निकाल्ने उद्देश्यका लागि मात्रै गठबन्धन नबनेको बताउनु भयो ।
संघीयता र गणतन्त्रनै धरापमा पर्ने भएपछि सत्ता गठबन्धन बनेको उनले बताउनु भयो अप्राकृतिक गठबन्धनमार्फत अधिनायकवाद ल्याउने प्रयत्नलाई गठबन्धनले पररास्त गर्ने अध्यक्ष नेपालको भनाई थियो । ‘ठूलो बलिदानले ल्याएको गणतन्त्र र संघीयता धरापमा पर्ने भएपछि हामी सहकार्यमा आएका हौँ,’ नेपालले भन्नुभयो , ‘फेरि अप्राकृति गठबन्धन बनाएर अधिनायवादको टाउँको उठाउन खोजिँदैछ। हामी सजग हुनुपर्छ।’
वर्तमान गठबन्धन स्वभाविक रहेको भन्दै यसबारे विपक्षीले फैलाएको भ्रम चिर्न नेता नेपालले कार्यकर्तालाई निर्देशन एका छन् । ‘पञ्चायत ढाल्ने, राजतन्त्र फाल्ने काम कम्युनिष्ट र कांग्रेस मिले गरेको हो। मनमुटाव विर्सिएर विपक्षीले फैलाएको भ्रम चिर्न लाग्नुस्,’ अध्यक्ष नेपालले भन्नुभयो ।
२००७ साल, ०४७, ०६२/०६३ मा कांग्रेससँग कम्युनिष्ट मिलेरै प्रगति गरिएको भन्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन स्वभाविक र प्रगतिशील गठबन्धन भएको दावी समेत गर्नुभयो ।
उहाँले चुनावपछि घोषणा पत्रका आधारमा काम गर्ने प्रतिवद्धतासमेत जनाउनु भयो । ‘हामी चुनावी घोषणापत्र बनाएर थन्काएर राख्दैनौँ, हामी घोषणा पत्रअनुसार काम गछौँ ।’