दाङ । नेकपा ( एकीकृत समाजवादी ) का पोलिट्ब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसद्को हत्या गर्ने आँट नगर्ने बताउनु भएको छ ।
एकीकृत समाजवादी क्षेत्र नम्बर १, दाङले बुधबार लमहीमा आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलामा मन्त्री चौधरीले उक्त धारणा राख्नुभएको हो ।
संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी प्रणाली जस्ता उन्नत व्यवस्था सहितको उत्कृष्ट संविधानमाथि केपी ओलीले पटक पटक प्रहार गरेको बताउँदै मन्त्री चौधरीले , ‘दुई वटा मुख्य पद मध्ये एकमा महिला हुनै पर्ने, सीमान्तकृतजात जातीलाईसमावेशी प्रणाली मार्फत राज्यले उनीहरुको उपस्थितिको सुनिस्चित गर्ने, सबै धर्मलाई समानताको व्यवस्था जस्ता तमाम नयाँ जनपक्षिय प्रावधान हामीले संविधानमा राख्यौँ । देश अब प्रगतिशिलरुपान्तरणको बाटोमा जान्छ भन्ने आसा र अपेक्षा जनताले गरेको बेला ओली नेतृत्वको एमालेले नयाँ संविधानमाथि निरन्तर प्रहार गरि रह्यो । तर अब हाम्रै कारणले कसैले पनि संसदको हत्या गर्ने आँट गर्ने छैन ।’ उहाँले बताउनु भयो ।
मन्त्री चाधरीले आफ्नै कारण मुलुकभर खरको छानो मुक्त गर्ने अभियान चलिरहेको बताउँदै भन्नुभयो ‘लमहीमा सडक कालोपत्रे गर्न ५० करोड, गढवामा ३२ करोड, भालुवाङको लागि ८ करोडको ब्यवस्था भएको छ । अब राप्ती कोरिडोर आयोजनाको डिपिआर हुने छ । राप्तीको श्रीनारायण चोक देखि ५५ किलोमिटरमा स्वर्गद्धारी जोडिने बाटोको काम सुरु हुनेछ । त्यस्तै बनगाउँ चोकदेखि स्वर्गद्धारीसम्म केबुलकार निर्माणको काम अघि बढ्ने छ । दाङका प्रमुख सहरहरुजोड्नेगरिपोड वे सञ्चालनको कामलाई अघि बढाइनेछ ।’
एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, समानुपातिक उम्मदवार द्वय मिना गुरुङ, शिल्पा चौधरी, केन्द्रीय परिषद सदस्य रामप्रसाद गैरे, जिल्ला अध्यक्ष सुरामणि बेल्बासे, सचिव डिल्ली डाँगी, गणेश चौधरी लगायतले कार्यकर्ताहरुलाई चुनावी तयारी तिव्र पार्न निर्देशन दिएका थिए ।