सरोजदिलु
गठबन्धन सरकार आमचुनवसम्मैटिकेपछिबामालेहरुको मुटुमा ढ्यांग्रो बजेको छ । सत्ता गुमाउनुको पश्चाताप जत्तिकै अव पुनः सत्ता पाइने हो या होइन भन्ने पिरलो छ । ओलीलाई अव मेरो थोत्रो ओलिटिक्स्ले माखो नमर्ने भयो भन्ने पीर पनि छ । त्यसैले बामालेनेताहरुले नयाँनयाँ कार्डहरु फालेर गठबन्धन भत्काउन हरसम्भव लागि परे । अन्ततः गठबन्धनका विरुद्ध लठबन्धन बनाउन पुगे ।
गठबन्धनको औधी डर छ, बालाई । गठबन्धन भत्काउनलाई पछिल्लो कार्ड हो- नागरिकता विधेयक । नागरिकता विधेयकमा अहिले कै प्रस्ताव हुबहुराखी बाले अध्यादेश ल्याउँदा राष्ट्रपति कार्यालयमा दर्ता भएको ५ मिनेटमै प्रमाणीकरण भएको थियो । यसपालि भने २ वटा सदनबाट २/२ पल्ट पास भएर आउँदासमेत विद्येयक प्रमाणीकरण भएन । यसको अर्थ हुन्छ- राष्ट्रपति संस्थामा हिजो पनि एमालेकरण भएको थियो आज पनि भइरहेको छ, जुन एमालेको चाहनाअनुसार मात्र चल्दछ ।
एम्सीसी पास गर्दा एमालेले दोहोरो रोल निभायो । पास गर्ने कि नगर्नेभन्दा ऊ मौन रह्यो । एमाले बोलेको भए समाजवादी र माओवादीले समेत एम्सीसी रद्द गर्नेथिए । तर मुखमा रामराम बगलीमा छुरा बोकेर राजनीति गर्ने ओली बालाई भारतलाई बिच्काउनु पनि थिएन र गठवन्धलाई कमजोर बनाउनु पर्ने पनि थियो । त्यसैले उनीहरुको ८३ जना सांसद हुँदाहुदै जम्मा ४५ जना उपस्थित भएको संसदमा २३ जनाले ‘हुन्छ’ भन्दा एम्सीसी पास हुनपुग्यो ।
जबकि एमालेका २४ जना उपस्थित भइदिएर ‘हुन्न’ भनिदिएको भए एम्सीसीपासैहुन्नथ्यो । तर एमालेका भक्त गुलामहरु , ओलीका लागि वीष पिउन तयार हुनेहरुयतिबेलागठबन्धनलाई राष्ट्रघाती भनिरहेका छन् । र, उनीहरु गाउँमा बस्ने सोझासिधा जनतालाई ‘हो हो एम्सीसी भनेको कांग्रेस माओवादी र समाजवादीले नै पास गरेको हो, ती राष्ट्रघाती हुन्, एमाले चोखो र यो नै राष्ट्रवादी हो’ भनेर भ्रम पार्न सफल भएका छन् ।
चुच्चे नक्सा ओली बाको ठाडो निर्देशनले वितरण हुन रोकिएको पनि बाका लागि विषपिउनकतिपयलाई थाहा छैन । प्रधानमन्त्री मोदीका एजेन्टले राताराता ओलीको सातो लिएपछि त्यो नक्सा रोकिएर लिम्पियाधुरा–लिपुलेकको बाटो चौडा बनेको भन्ने कुरा एमाले रैतीजनलाई मालुम छैन । त्यसैले ती निरिहहरु बालाई खास्सा हलेसी-देउता देखिरहेका छन् र त्यसको सम्पुर्ण दोष गठबन्धन दलहरुलाई दिइरहेका छन् ।
पार्टी फुटाएर खरानी बनाएको भनेर माधवपक्षलाई एकथरी अरिङ्गालहरु एकोहोरो चिल्न खोजिरहेका छन् । तर मौरीको घारमा मह भरिएपछि एकथरी काला डाँठहरु (भाले मौरी), जो मिहिनेत गर्ने पोथी मौरीको कमाईं बसिबसि खान्छन् र तिनै रानी मौरीलाई चिल्छन् । पीडित र मिहिनेती मौरीहरु त्यसवेला स्वभावतः बाहिरिन्छन् । त्यस्तै डाँठ्हरु एमालेमा भरिएपछि तिनका पीडा सहन नसकेर माधवपक्षहरु डोँड्बाट बाहिरिएका हुन् ।
एमालेमा ५० औं वर्ष योगदान दिएका, जुझारु, देश हाँक्न सक्षम र अब्बल वैचारिक कार्यकर्ता नभएका होइनन् । तर उनीहरुलाई बाले मन्द विष पिलाउँदै काखमा राखेर सुमसुम्याउँदै घाँटी रेटिरहेका छन् । तिनीहरु विचरा ऐयाआथो समेत गर्न पाइरहेका छैनन् । मन्द वीषमा आनन्द मान्ने सामान्य कार्यकर्तालाई ओली भनेको विष्णु भगवानको सास्वत् रुप हो लागि रहेको छ । लिम्पीयाधुरा-लिपुलेक र एम्सीसीको मुद्दाको भ्रमले ओलीलाई उनका रैतीहरुले राष्ट्रवादी बनाइदिएका छन् । स्थानीय तहका कार्यकर्ताहरुमा ओली नै राष्ट्रको लागि चाहिने खास्सा नेता भन्ने भ्रम छ ।
विचरा यी कार्यकर्ताहरुलाई उनीहरु आफैंले गरेको त्याग तपस्याको मुल्यको ज्ञान पनि छैन न त उनीहरूको परिश्रमहरुमा चाहर्दै र आउँदैखादैँ हिड्ने ल्याइते र ब्याइतेहरुको हस्तक्षेप बढेको थाहा छ । लाग्छ- उनीहरु रानोको बचाऊका लागि आगोमा ज्यान फाल्ने अंरिगाल हुन्, आलोचक चेतना भएका माक्र्सवादी कार्यकर्ता होइनन् । भल-बाढीमा समेत एकोहोरो हामफालिरहने यस्ता भेडो कार्यकर्ता भएपछि ओली किन बलिया नहुन् र ! अवसरका लागि चाहर्दै हिड्ने आइतेजाइते वादललगायतका नेताहरुलाई पनि सजिलै भएको छ ।
एमालेइतरका दलहरुको दिमागसमेत घुच्चुकमा छ । यिनीहरु ओलीले सारा सेटिंग, भेटिंग र फिटिंग गरेपछि मात्र थाहा पाएर प्रतिकृयामा उत्रनेगरेका छन् । एम्सीसीको खेलको वारेमा समेत दलहरुमा यस्तै देखियो । अहिले नागरिकता विध्येयकमा चुनावी राजनीतिक गरेको पनि धेरै नेताहरुलाई थाहै छैन ।
सम्भवतः यही नागरिकताको मुद्दाले एमालेले वहुमत ल्याइदियो भने अनि मात्र चेत्नेछन् गठबन्धन नेताहरु । ओलीले गठबन्धनका नेताहरुको कमजोरी पत्ता लगाएरै जनतामा आगोमा घिऊ थपिएका हुन् । चुनावको टीकट वितरण, नागरिकता विधेयक र एम्सीसीका कारणले काँग्रेस, माओवादी र समाजवादीमा देखिएको असन्तुष्टीको आगो बल्दैछ । गैरनेपालीलाई नेपाली भित्रिनासाथ नागरिकता दिएर मुलुकलाई फिजी वा सिक्कीमीकरण गर्न लागेको भनेर एमालेले सर्वसाधारणमा मात्र होइन, गठवन्धन दलका अगुवा कार्यकर्तासमेत भ्रम छर्न सफल भएको छ । परिणामतः दुवै दलका धेरै कार्यकर्तालाई भड्काउनमा उनीहरु सफल भएको पनि देखिन्छ । अझ चुनावी प्रचारप्रसारमा भन्दैछन्- ‘देख्यौं गठनबन्धन भनेको ? राष्ट्रघाती एमसीसी पास गर्ने यही हो, एस्पीपी पनि पास गर्नै लागेको थियो, हामीले रोकेको हो ।
नत्र अहिलेसम्म अमेरिकी सेना आएर हामी नेपालीलाई गोली भुटिसक्थ्यो, हाम्रा चेलीबेटीहरु दिनदहाडै चौतारामा राखेर बलात्कार गर्दथ्यो, अहिले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेको भए यो चुनावमा सवै भारतीय उमेदवार हुन्थे र तिनले संसद्मा जितेर मुलुकलाई भारतमा गाभिसक्थे । त्यसैले मुलुकको रक्षाका लागि हामीले नै नागरिकता विधेयक पास गर्न दिएनौं ।’ अझ राष्ट्रपति भण्डारीले कथम्कदाचित राजिनामा दिइहालेको भए एमालेहरुले भन्ने थिए- ‘हामी पदको लागि देश बेच्नेहरु होइनौं, हामीलाई सत्ताको लालच छैन, राष्ट्रियताका लागि हामी जुनसुकै पद लात् मार्नसक्छौं, हेर, त्यसैले राजिनामा दिऔं, अव आगामी चुनावमा हामीलाई वहुमत दिनुस्, हामी यो देश बचाउछौं, नागरिकताविहिन सवैलाई नागरिकतासमेत दिनेछौं ।’ पैसा र रक्सीमा भोट बेच्ने जनताहरुले यही भ्रममा एमालेलाई वहुमत दिएभने हामीले अचम्म मान्नुपर्दैन ।
अन्ततः चुनावमा गठबन्धनको विरुद्धमा एमालेले लठवन्धन बनाएको छ । अर्थात २०४६ साल र ०६२।६३ को आन्दोलन दबाउने कमल थापालाई त सुर्य चिन्ह नै बेचेको छ । सुर्यचिन्ह कार्यकर्ताका लागि आफ्नी आमाभन्दा प्यारो अस्मिता हो । तर उनीहरु ओलीको मन्दवीषका कारण अस्मिता रक्षा गर्ने अवस्थामा समेत छैनन् । उनीहरुलाई लागेको छ– पार्टी, पार्टीको अस्मिता, झण्डा, चुनाव–चिन्हभन्दा अहम् कुरा केपी ओली नै हो । सुर्यचिन्हकै लागि माधव नेपाललाई छाडेर जाने दशभैयाहरु समेत सुर्यचिन्हलाई ओलीको एकल निर्णयले मण्डलेकरण गरिँदा पनि बोल्दैनन् । यसर्थ, विचार सिद्धान्त, रणनीतिका वर्गदुश्मन र ब्यवस्थाविरोधी राष्ट्रिय प्रजातन्त्र पार्टीसंग लठारिँदै सहकार्य गर्नु भनेको लठबन्धन नै हो ।
आखिर पञ्चायत ब्यवस्थाका हिमायती राजतन्त्र र हिन्दूवादीहरुसंग लठबन्धन गर्ने हो भने पञ्चायत किन फालेको, गणतन्त्र किन ल्याएको ? ती आन्दोलनहरुमा जनतालाई किन मराएको ? त्यसको जवाफ ओलीले दिनुपर्छ कि पर्दैन ? अथवा ओलीका लागि विष पिउनेहरुले यी प्रश्नहरु सोध्नुपर्छ कि पर्दैन ? अझ आफ्ना होनहार कार्यकर्ताहरुलाई टिकट नदिएर ओलीलाई कालो भष्मासुर भनेर नामाकरण गर्ने उपेन्द्र यादवहरुलाई टिकट दिनु कुन नैतिकता हो ? यी प्रश्न नसोधी भल-बाढीमा हामफाल्न जाने एमाले कार्यकर्ताहरु भेडा हुन् कि होइनन् ?
बाको चाल दोश्रो तहका नेताहरुलाई समेत थाहा छैन । उनी अव आफ्नो उत्तरअधिकारीका रुपमा विद्या भण्डारीलाई नै ल्याउन चाहन्छन् । राष्ट्रपतीबाट अलग भएपछि ओलीले विद्यालाई पार्टी नेतृत्वको कार्यकारी पद दिनेछन् र अर्कोपल्ट प्रधानमन्त्री बनाउने छन् ।
त्यसपछि फेरी विद्यालाई राष्ट्रपतिमा दोहोर्याउने छन् । यसकारण ओली र विद्या भण्डारीले आजिवन राजकीय पद खाने छन् । यो खेलका सुशुप्त ढंगले ओली लागिरहेका छन् । र, ओलीले आदेश दिँदा विष पिउन तयार भएका इश्वर पोखरेल, शंकर पोखरेल, सुभाष नेवाङ, भीम रावल, देवी ज्ञवालीहरु समेत भ्रम र नशामा छन्, यतिबेला ।