काठमाडौँ । अनेरास्ववियू केन्द्रीय कमिटी उपाध्यक्ष माधव पन्त एक कार्यक्रममा सहभागि हुन दक्षिण अफ्रिका जाँदै हुनुहुन्छ ।
संसार भरीका वामपन्थी, समाजवादी युवाहरूको अन्तराष्ट्रिय कार्यक्रममा सहभागी हुन उहाँ आज दक्षिण अफ्रिका प्रस्थान गर्नुभएको हो ।
दक्षिण अफ्रिकामा आयोजना गरिएको Political Education and Youth Cadre Development Training Camp, 2022 मा सहभागी हुन एसिया महादेश बाट प्रतिनिधित्व गर्दै उहाँ अफ्रिका जाँदैहुनुहुन्छ ।
उहाँले संसार भरीका समाजवादी आन्दोलनमा लागेका युवाहरूको बिचमा नेपाल र एसियाको युवा आन्दोलन र सङ्घर्षकोबारेको प्रस्तुती राख्नुहुने कार्यक्रम छ ।
सबैमहादेशबाट युवा नेताहरू सहभागी हुने कार्यक्रममा संसार भरीको युवा आन्दोलन कुन बाटोमा जाँदैछ । यसलाई वैज्ञानिक समाजवादको दिशामा कसरी रूपान्तरण गर्ने ? युवाहरूले समाज परिवर्तनको नेतृत्व कसरी गर्ने ? यसको इतिहास, वर्तमान र भविष्यकोबारेमा छलफल र योजना बन्ने साथै संसारभर चलेको साम्राज्यवाद विरोधी आन्दोलनमा जोडिएका युवाहरूलाई राजनीतिक शिक्षा र नेतृत्व विकास विषयमा प्रशिक्षण हुने बताईएको छ । Pan Africa Today, Youth Sector नामक संस्थाले आयोजना गरेको कार्यक्रम एक हप्ताको रहेको छ ।
नेकपा एकीकृत समाजवादी का केन्द्रीय परिषद सदस्य तथा अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष तथा युवा विद्यार्थी आन्दोलनका कमाण्डर पन्त त्रिभुवन विश्वविद्यालयबाटकूटनीतिक इतिहासमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।
उहाँ यस अघि पनि दर्जनौँअन्तराष्ट्रिय कार्यक्रममा नेपाली विद्यार्थी र युवाहरूको प्रतिनिधित्व गर्दै सहभागी भइसक्नुभएको छ ।